Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण ०७ गते, बिहान ५:२४ बजे
बैतडी - BTD

बैतडीमा रक्सी खाएर हिडिरहेका एक जनाको लडेर ज्यान गयो

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ७, बैतडी । बैतडीमा रक्सी खाएर बाटोमा हिडिरहेका एक जनाको लडेर ज्यान गएको छ । 

न्वाली–६ सलसेनाका ४५ वर्षका करन सिंह कार्की शुक्रबार बेलुका रक्सी खाएर  गोकुलेश्वरबाट घर फर्किरहेका बेला महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाझ–गोकुलेश्वर सडकखण्डमा पर्ने सित्तड–४ पन्ज्युनया नजिक बाटोबाट झण्डै ३० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोछ ।