Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २२ गते, बिहान ४:०९ बजे
बैतडी - BTD

नेपाली फोनसेवा नहुँदा भारतिय मोबाईल प्रयोग गर्न बाध्य

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु, मंसिर २२, बैतडी / जिल्लाको तल्लोस्वोराड क्षेत्रमा नेपाली फोन सेवा प्रभावकारी नहुदा स्थानिय बासिन्दा भारतिय मोबाईल प्रयोग गर्न बाध्य भएका छन् ।

नेपाली सिमकार्ड हरुले उक्त क्षत्रमा नेटवर्क न समात्ने भएकाले स्थानिय भारीतिय फोन प्रयोग गर्न बाध्य भएका हुन् ।
उक्त क्षेत्रका केही गाबिस मा पछिल्लो समय नेपाली फोनले काम गर्न थाले पनि अझै अधिकासं ठाउँहरुमा नेपाल टेलिकम को प्रिपेड तथा पोस्टपेड फोन सेवा ले काम नगर्ने स्थानिय बासिन्दा जगदिश पन्तले बताए ।

“नेपाल टेलिकमका कुनै पनि मोबाईलले खासै काम गर्दैन”। “भारतिय मोबाईलको प्रयोग गर्न बाध्य र्छाै” उनले भने बैतडीको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्र लगायतका गाबिसमा अझै फोन सेवा सुचारु नहुदाँ स्थानिय मर्कामा परेका हुन् ।

टेलिकमले पछिल्लो समय बिभिन्न ठाउँमा टावर राखी सेवा बिस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लोस्वोराडका स्थानिय बासिन्दा फोन सेवा बाट बन्चीत भएका हुन् ।