Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०८ गते, बिहान ७:५३ बजे
डडेलधुरा - DDL

हलिया वस्दै आएको भएपनि हलिया मुक्तिले उनिहरुलाई छोएन

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा/पुस ८, डडेल्धुरा । डडेल्धुरा जिल्ला कैलपालमाण्डौ गाविस ९ रुमायलमा रहेको पुरै दलित वस्ती वर्षोै देखी हलिया वस्दै आएको भएपनि हलिया मुक्तिले उनिहरुलाई छोएको छैन् ।

हलियाको मुक्तिका लागि वर्षौ देखी ठूल ठूला आन्दोलन भएपनि डडेल्धुरा जिल्लाको रुमायल गाउँमा रहेका झण्डै ७० परिवार मुक्तहलियाहरुको तथ्याङ्क नै संकलन नभएको जिल्ला मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष तुलाराम शार्कीले वताए ।

मुक्त हलियाको तथ्याङ्क संकलनको जिम्मेवारी नेपाल सरकारको भएको वताउँदै अध्यक्ष शार्कीले नेपाल सरकारको वेवास्ताका कारण मुक्त हलियाको तथ्याङ्क संकलन हुन नसकेको हो । ‘ सो गाँउका हलियाहरु मुक्त भएपनि तथ्याङ्क हुन नसकेका कारण उनिहरु नेपाल सरकारवाट दिईने सेवा सुविधावाट वञ्चित हुनु परेको छ ।’

अध्यक्ष शार्कीले भने –अव कैलपालमाण्डौ गाविस संग सहकार्य गरेर छिट्टै ति मुक्त हलियाको तथ्याङ्क संकलनका लागि पहल गर्ने राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराका अध्यक्ष राजुराम भुलले वताउनु भयो । रुमायल गाँउमा रहेका ७० घर परिवार मुक्त हलियाहरु दलित परिवारका रहेका छन् ।

वर्षौ देखी मालिकको जमिनमा वस्दै आएका मुक्त हलियाहरुको तथ्याङ्क संकलन हुन नसक्दा उनिहरुले नेपाल सरकारवाट पाउने सेवा सुविधावाट समेत वञ्चित हुने गरेका छन् । तालिम, आयआर्जनका कार्यक्रम देखी विद्यालयमा छोराछोरी लाई पढाउन पाउने सेवा सुविधावाट समेत वञ्चित हुँर्दै आएका छन् ।

झण्डै एक शताव्दी देखी अर्कैको जमिनमा वस्दै आएका छौं , हलि वसेर नै वावु वाजेले जिविको पार्जन गरे तर अहिले मालिकवाट त मुक्ती पाइयो तर मुक्त हलियाको तथ्याङ्ककमा आफुहरु नपर्दा पुर्नस्थापना देखी नेपाल सरकारले दिएको सेवा ससविधावाट वञ्चित हुनु परेको छ,। रुमायलका मुक्त हलिया ठगि टमटाले भने –हलिया मुक्ती त भईयो तर पछि आफुहरु कहाँ कोही नआएकाले आफुहरुको विचल्ली भएको छ ।

अव मालिकले पनि केही दिदैनन् ,गाँउमा दैनि ज्यालादारी गर्न पनि पाईदैन, जस्का कारण साँझ विहानको छाक टार्नमा समेत समस्या हुने गरेको रुदै ठगिले भने । अव के गर्ने मुक्त भएपछि आफुहरुलाई केही पनि थाहा छैन । ठगि मात्रै नभई गन्ना टमटाको अवस्था पनि यस्थै रहेको छ । उनी पनि आफ्नो परिवारको पालन पोषण गर्नका लागि समस्या हुने गरेको वताउछन् । १२ वर्षकै वालकलाई विद्यालय पढाउन छोडेर रोजगारीका लागि भारत पठाउन वाध्य भएको गन्नाले वताए ।

हलिया मुक्त भएपनि आफुहरुको हक अधिकारका लागि लड्ने संघ संस्था छन् भन्नेवारेमा समेत कुनै जानकारी नपाएको सो गाँउका मुक्त हलियाहरुको भनाई रहेको छ । गाविसले पनि आफुहरु प्रति वेवास्ता गरेको वताउँदै मुक्त हलियाहरुले अव आफुहरुको तथ्याङ्क संकलन गरेर पुर्नस्थापनाका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।

डडेल्धुरा जिल्लामा जना २ हजार ५ सय ७६ मुक्तहलिया रहेका छन् । डडेल्धुरा जिल्लामा मात्रै नभई सुदुरपश्चिम र मध्यपश्चिमका अन्य जिल्लाहरुमा समेत मुक्त हलियाहरुको तथ्याङ्क संकलन गर्न छुटेको राष्ट्रि मुक्त हलिया मसमाज महासंघका अध्यक्ष भुलले वताउनु भयो ।