Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत १९ गते, दिउँसो २:२४ बजे
प्युठान - PTN

प्यूठानमा झिमरुक जलाधारको प्रोफाइल तयार गरिने

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


सागर शर्मा/चैत १९, प्यूठान । जलवायू परिवर्तन पानीको उपलब्धता तथा गुणस्तरता लागि  झिमरुक खोला जलाधारको प्रोफाइल तयार गरिने भएको छ । 

झिमरुकको गुणस्तरता पत्ता लगाउनको लागि झिमरुकलाई छोएको साविकका ३१ गाविसहरुका प्रतिनिधिहरुका लागि तालिम सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रमका अतिथि जिल्ला बन कार्यालय प्यूठानका जिल्ला बन अधिकृत प्रविण विडारीले पानीको पानीको महत्वतालाई बुझेर झिमरुक जलाधारको प्रोफाईल तयार पार्न सहभागीलाई आग्रह गर्नु भएको  छ ।

दुइ दिन सम्म चल्ने तालिममा एकोभोफोलो एप्स बाट झिमरुक जलाधाारको स्वस्थ्य संकलन गर्नको लागि घरधुरी संकलन सर्वेक्षण गरेर डाटा संकलन गर्न सिकाइने पानी परियोजना प्यूठानका कार्यक्रम संयोजक सिता पाण्डेले बताउनु भयो ।

तालिममा साविक गाविसका ९३ जनाको सहभागिता रहेको छ । खानेपानी तथा सरसफाई उपभोक्त महासंघ नेपाल प्यूठानको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।