Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २५ गते, बिहान ११:४६ बजे
प्युठान - PTN

विश्व स्वास्थ्य दिवस प्युठानमा पनि मनाईयो

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्थ प्युठानको आयोजनामा दिवस मनाईएको हो । 

दिवस वजार याली गरि कोण सभामा उर्तिएको थियो । कोण सभा कार्यक्रममा दिगो विकासको लक्ष्यमा मानसिक स्वास्थ्य संग सम्वन्धित विषयवस्तु, नेपाली मानसिक स्वास्थ्य नीति, यस्को अपरिहार्यताको वारेमा जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी गराउनु भएको थियो  । 

त्यस्तै कार्यक्रममा वोल्दै डा.समिर लामाले मानसिक स्वास्थ्य सुदृढिकरणमा विभिन्न सामाजिक तत्वहरुले भुमिका खेल्ने र ती तत्वहरुको निवारण गर्न सके मात्र मानसिक रोगको निवारण गर्न सकिने वताउनु भयो । 

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहको अध्यक्षता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर राना को प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, गैसस,  पत्रकार   लगाएत को उपस्थिती रहेको कार्यक्रमको संञ्चालन जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले गर्नुभएको थियो ।