Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ११ गते, दिउँसो १२:१७ बजे
प्युठान - PTN

झिमरुक गाउँपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/ बैशाख ११, प्यूठान । झिमरुक गाउपालिकामा साप्ताहिक सरसफाई अभियान सुरु गरिएको छ । 

पालिकामा अवस्थित बजार, गाँउबस्ति, खोला, विद्यालय लगायतको पुर्ण सरसफाइको लागि उक्त अभियान चलाईएको गाउपालिकाले जानकारी दिएको छ ।

खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरे प्रश्चात सन २०१७ सम्ममा पुर्ण सरसफाई यूक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएपनि पछिल्लो समय सुस्ताएकोले आभियानलाइ झकझकाउन स्थानियको सक्रियतामा पालिका सरसफाईको अभियान सञ्चालन गरिएको गाँउपालिकाका अधिकृत ताराकिरण केसिले जानकारी दिनु भयो ।

गाँउपालिकामा रहेको सम्पुर्ण वडामा हरेक सोमवार स्थानियको सक्रियतामा सरसफाइ गरिने छ । आज मच्छिढाँड बजार, झिमरुक नदि, गर्तन खोला लगायत स्थानमा सरसफाइ गरिएको छ ।