Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर ११ गते, बिहान ७:१० बजे
बझाङ्ग - BJN

बागलुङमा बस दुर्घटना हुँदा १४ यात्रु घाईते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 

मंसिर ११, बागलुङ । शुक्रबार बिहान बागलुङको विहुँमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएका छन् । काठमाडौंबाट बूर्तिवाङ्गका जाँदै गरेको ना ४ ख ९२१७ नम्बरको बस बागलुङको विहुँमा बिहान ६ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेका यात्रु मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बसमा २५ यात्रु सवार थिए ।
अवस्था गम्भिर रहनेमा मिनु कँुवर, जुटप्रसाद शेरचन र कृष्ण आचार्य रहेका छन् । घाइते सबैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।