Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर १६ गते, बिहान ८:१५ बजे
बझाङ्ग - BJN

पसल भित्रै एक जना मृत अवस्थामा फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट, मंसीर १६, बझाङ / आज आफ्नै पसल भित्र एक जना मृत अवस्थामा फेला परेको स्थानीय दीनेश शाहीलाइ उद्ध्रीत गर्दै जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बुधबार राती पसलमा बसेका कैलाश गाविस वर्डा नः२ निबासि झन्डै ४० बर्षिया विष्णु बहादुर खड्का मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो । मृतक खड्काको पसल कैलाश गाविस वर्डा नः५ नजीकै रहेको स्थानीयले जनाएका छन् ।

स्थानीयले खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयमा खबर गरे पछि जिल्ला प्रहरी कार्यलय बाट घटना स्थल तर्फ ईन्स्पेटर देबेन्द्र कुमार मल्लको कमान्डोमा ७ जनाको अनुसन्धान टोली घटना स्थलमा खटी गएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।