Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०३ गते, बिहान ९:३६ बजे
बझाङ्ग - BJN

पाटादेबको विजुलीमा झन्डै ढाई लाख अनियमीतता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट, पुस ३, बझाङ / पाटादेब गाविसको खापरेश्वर ग्रामीण विद्युत सहकारी संस्था लिमीटेडका पुर्व अध्यक्ष प्रकार खड्का लगायत केही ब्यक्तीहरुले जलविद्युत आयोजनाको ढाई लाख रकम जती हीनामीना गरेको बताईएको छ ।

२०७२ जेष्ट ३ गतेको सनधारण सभा बाट नयाँ कार्य समीती बनेको ७ महीना वितीसक्दा पनी समीतीका अध्यक्ष प्रकाश खड्का , सचिब धर्मराज थापा र मेने्जर विष्णु खड्काको नाममा रहेको बेरुजुको कुनै हिराब कीताब नदिए पछि नयाँ समीतीले उनीहरु बाट पैशा असुल गर्न जिल्ला प्रसासन कार्यलयमा उजुरी दिएको हो ।

आयोजनाका बर्तमान अध्यक्ष पे्रम आग्रीले अघिल्लो सचिब प्रकाश खड्काले तहविल मौजातको ४६ हजार ६ सय ५० साथै एलसि बोर्ड खरीद र सम्झौताका लागी १ लाख २ हजार र अध्यक्ष विष्णु खड्काले विद्युतको महसुल १ लाख ४ हजार ७९५ रुपैया दुरुपयोग गरेको वताए ।

लामो समय सम्म उक्त रकम असुल नभए पछि नयाँ कार्य समीतीले रकम असुली उपरीको लागी जिल्ला प्रसासन कार्यलय र अक्तियारमा उजुरी दीएको बर्तमान अध्यक्ष पे्रम आग्री, सचिब श्याम थापा र अपे्रटर नरेन्द्र थापाले जानकारी दीनु भएको छ ।