Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०७ गते, दिउँसो १२:३९ बजे
बझाङ्ग - BJN

जिप दुर्घटना हुदा २ जना सिकीस्त घाईते, घाईतेको उपचार जिल्ला स्वास्थ्य कार्यलयमा हुदैँ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट/ पुस ७, बझाङ (चैनपुर) ।  आज बझाङ जिल्लाको धमेना गाविसका जिप दुर्घटना हुदा २ जना सिकीस्त घाईते भएका छन् । धमेना बाट सदरमुका चैनुर तर्फ आँउदै गरेको से १ ज ५९८ नम्बरको जिप धमेना गाविस भवन नजीकै दुर्घटना हुदा जिपमा सवार गरी रहनु भएका धमेना गाविस वर्डा नः ६ निबासि ८४ बर्षिया प्रसाद धमेना र धमेना गाविस वर्डा नः ४ निबासि ५५ बर्षिया जोगा रोकाया घाईते हुनु भएको प्रहरी निरीक्षक देबेन्द्र मल्लले जानकारी दीनु भएको छ ।

घाईको टाउको , आँखा हातमा चोट लागेको जिल्ला स्वास्थ्य कार्यलय सिमखेतका डा. आमनन्द सिहँले जानकारी दीनु भयो । जिप चालक फरार रहेको बेलुका ४ः४५ बजे ईलाका प्रहरी चौकी मेलविसौनाले नियन्त्रणमा लीएको प्रहरी निरीक्षक मल्लले जानकारी दीनु भयो । दुर्घटना के कती कारणले भएको हो अनुसन्धान पछि थाहा हुने र जिल्ला प्रहरी कार्यलयले अनुसन्धान सुरु गरी सकेको जनाईएको छ । दुर्घटना आज दीउसो २ः३० बजे भएको थियो । जिप सडक बाट झन्डै ३० मीटर तल खसेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।