Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन १३ गते, बिहान ८:५८ बजे
कपिलवस्तु - KPL

छोरी पाएको भन्दै श्रीमान र ससुराद्वारा सविनालाई निर्घात कुटपिट

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


साउन १३, कपलिवस्तु । छोरी पाएको भन्दै श्रीमान र ससुराद्वारा कपिलवस्तु नगरपालिका वार्ड नं. ५ श्रीरामपुरकि २० बर्षीय सबिना खातूनलाई निर्घात कुटपिट गरेका छन । 

सबिनालाई निर्घात कुटपिट गरेको थाहा पाएपछि उनका दाईहरु बहिनी लिन जाँदा श्रीमान र ससुराद्वारा दाईहरुलाई पनि कुटपिट गर्नुका साथै मोटरसाईकल समेत खोसेर घरबाट बहिर निकालेका स्थानियबासिहरुले बताएका छन । 

३ महीनाको छोरीलाइसमेत आमाबाट अलग गरिएको स्थानियबासिहरुको भनाई छ । पीडित महिलाका बुबाले प्रहरीमा उजुरी गरपनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन ।