Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन १६ गते, दिउँसो १:०४ बजे
प्युठान - PTN

प्यूठानका नौ स्थानबाट मतदाता नामावली संकलन सुरु

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

स्मृती घर्ती मगर/साउन १६, प्यूठान । प्यूठानका ९ स्थानिय तहबाट आज देखी फोटो सहितको मतदाता नामावली संकलन गर्न थलिएको छ। 

जिल्लाको निर्वाचन कार्यालयबाट मात्रै नाम संकलन भैरहदा चर्को दवावका कारण निर्वाचन आयोगले साउन १६ देखी प्रत्येक नगर तथा गाउँ पालिकाबाट नाम संकलन थालेको हो।

यस अघि हिजो सम्म निर्वाचन कार्यालयबाट मात्रै नामावली संकलन गरिएकोमा आज देखी प्रत्येक स्थानीय तहमा पुगेर नामावली संकलन सुरु गरिएको हो।

प्यूठानको हकमा ९ वटै नगर/गाउँ पालिकाको कार्यालयबाट नामावली संकलन थालिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण वहादुर कँवरले जानकारी दिनु भएको छ। निर्वाचन कार्यालयबाट एक थान कम्प्युटर र एक जना कर्मचारी खटिएका छन भने अन्य कर्मचारी सम्बन्धित नगर/गाउँ पालिकाबाटै खटिने जनाइएको छ।

नामावली संकलनलाई गाउँतह सम्म पुर्याउन दवाव परेपछि निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा पुगेर नामावली संकलन गर्ने निर्णय गरेको थियो। 

श्रावन १ गते देखी १५ गते सम्म निर्वाचन कार्यलय खलंगावाट मतदाता नामावली संकलन गरिएको थियो। श्रावन १ गते देखी १५ गते सम्म संचालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा १ हजार ८ सय ९ जनाको नाम दर्ता गरिएको छ। जस मध्ये ९ सय २१ जना पुरुष र ८ सय ८८ जना महिला रहेको जिल्ला निर्वाचन कार्यलय प्यूठानले जानकारी दिएको छ।