Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन २१ गते, बिहान ७:३९ बजे
नवलपुर - NWL

नवलपरासीमा बाढीमा बेपत्ता भएका दुई मृत अवस्थामा भेटिए

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २१, नवलपरासी । नवलपरासीमा बाढीका कारण घोलमा डुबेर बेपत्ता भएका एक बालकसहित दुई जना आज मृत अवस्थामा फेला परेका छन् । 

बाढीका कारण शुक्रबार पाल्हीनन्दन गाउँपालिका–३ स्थित नारी भन्ने स्थानीय ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका थिए । दुवै जना आज घोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

यसैबीच बाढीका कारण यसअघिनै बिहीबार प्रतापपुरस्थित खजुरा खोलाले बगाएर बेपत्ता भएका इब्राहिम मिया भने अझै फेला पर्न सकेका छैनन् । मियाको अहिलेसम्म खोजी कार्य जारी भए पनि फेला नपरेको प्रहरीले जनाएको छ । रासस