Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन २८ गते, दिउँसो १२:०५ बजे
कपिलवस्तु - KPL

कपिलवस्तुमा पोखरीमा डुबेर एकको मृत्यु

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २८, कपिलवस्तु । कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जमा पोखरीमा डुबेर एक जनाको मृत्यु् भएको छ । 

मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने शंखा मुराउ रहेको प्रहरीले जनाएको छ । 

मृतक मुराउ बहादुरगन्जस्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडाखेती अवलोकनका लागि पुग्दा सो पोखरीमा डुबेर मरेको स्थानीयवासीले बताएका छन् । 

मुराउको शव परीक्षणका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस ।