Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ ०४ गते, दिउँसो २:०६ बजे
कपिलवस्तु - KPL

कपिलवस्तुमा ३२ हजार १ सय ४३ मतदाता थप

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ४, चन्द्रौटा | कपिलवस्तुमा स्थानिय तहको निर्वाचन पछि ३२ हजार १ सय ४२ जना मतदाता थप भएका छन । जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुमा साउन १ गते देखी भाद्र ३ गते सम्म मतदाता नामावलि संकलन गरिएको हो । 

कपिलवस्तुमा रहेका १० स्थानिय तह मध्य ९ स्थानिय तहमा र १ जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली  संकलन को काम भएको थियो । साउन १६ गते देखि लागु स्थानिय तहको निर्वाचनमा मतदाता संकलनमा स्थानिय जनताको उल्लेखनिय सहभागिता रहेको थियो ।

कपिलवस्तु जिल्लामा अव जम्मा मतदाता ३ लाख १८ हजार ६ सय ९१ रहेको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुका निर्वाचन अधिकृत ज्ञानहरी घिमिरेले जानकारि दिनुभयो । – माधव बेल्वासेको सहयोगमा |