Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ ११ गते, दिउँसो १:११ बजे
प्युठान - PTN

जिल्लाको शान्ति सुरक्षामा तटष्थ छु: प्युठान प्रहरी प्रमुख पोखे्रल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:


सागर शर्मा/भदौ ११, प्युठान । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखे्रलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजनामा जिल्लामा नव आगन्तुक प्रनाउ र  जिल्लाका सरोकारवाला निकाय बिच आईतबार खंलगामा भएको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा प्रहरी नायव उपरिक्षक पोखे्रलले आफु जिल्लाको शान्ति सुरक्षामा तटस्थ भएर काम गर्ने वताउनुभएको छ । 

शान्ति सुरक्षाको क्षेत्रमा काम गर्दा आफुले जनताको सहयोगको अपेक्षा गरेको र छिट्टै नयाँ कार्ययोजना सहित काम गर्ने कुरा समेत सरोकारवाला बिच बताउनु भयो । 

त्यस्तै सड्क सवारीलाई व्यवस्थित गर्न सवारी साधन चलाउँदा सवारी चालकले आफ्नो सवारी चालक अनुमति पत्र लाईसेन्स अनिवार्य रुपमा साथमा राख्नु, सवारी साधन चलाउँदा लाईसेन्स देखिने गरि राख्नु पर्ने उदेश्यका साथ यसको सुरुवात प्रहरीबाटै गर्ने समेत उहाँले बताउनुभएको छ ।

उक्त कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, स्थानीय निकायका जनप्रतिनीधि, विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनीधि, विभिन्न निकायका व्यक्तिहरुले प्रहरी प्रमुख पोखे्रललाई स्वागत सहित शुभकामना दिनुभएको छ । 

साथै शान्ति सुरुक्षाका सवालमा आफ्ना विचार सहित जिल्लाको शान्ति सुरक्षा, अनियमिता, विकृती, अपराधको क्षेत्रमा निष्पक्ष रुपमा काम गर्न र जनचेतनामुलक गतिविधि समेत सञ्चालन गर्न आग्रह गरेका छन ।