Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ १५ गते, बिहान ६:३७ बजे
कपिलवस्तु - KPL

मोटरसाइकलबाट खसेर एकको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १५,बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ । 

बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

मोटरसाइकलमा सवार थप दुईजना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस