Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ २० गते, बिहान ७:३४ बजे
नवलपुर - NWL

नवलपरासीमा गाईको मासु बेचेको आरोपमा दुई युवक पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, नवलपरासी ।  प्रहरीले गाई काटेर मासु बेचेको अभियोगमा  नवलपरासीका २ युवकलाई पक्राउ गरेको छ । 

नवलपरासीको मध्यविन्दु नगरपालिका ९ वसन्तपुरका बुद्ध बिक र केशब केसी पक्राउ परेका हुन् । उनीहरुले स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई उनीहरुले गाउँलेलाई भागबिलो लगाएर बेचेका थिए । 

गाई काटेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई गाई काटेको ४ दिनपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

कसुर ठहरिएमा उनीहरुलाई मुलकी ऐनको चौपाया सम्बन्धी महलको ११ अनुसार १२ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।