बझाङमा मदिरा सेवन गरी झगडा हुँदा एकको मृत्यु

Posted on: 12 Sep, 2017

सम्राट सिंह/भदौ २६, बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा मदिरा सेवन गरी झगडा हुँदा एकको मृत्यु भएको छ ।

राती सँगै बसेर मदिरा सेवन गरेका छबिस पाथिभेरा गाउँपालिका ३ बाचपाल्ती घर भएका अम्मर सार्की र ढिंकिरे सार्की बिच झगडा हुँदा ३५ बर्षिय ढिंकिरे सार्कीको मृत्यु भएको हो ।

आइतबार राती सँगै बसेर मदिरा सेवन गरेका रहेछन प्रहरी नायव निरिक्षक रणविर जैसीले भने सामान्य विवादमा एक आपसमा झगडा हुँदा अम्मर शार्कीले ढिंकिरे सार्कीको टाउँमा ढुंगा हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राती झगडा हुँदा ढुंगाले टाउँकोमा चोट लागेपछि केहिबेर ढिंकिरे सार्कीको बेहोस भएको र होस आएपछि घरमा गएर सुतेको बिहान हेर्दा मृत अवस्थामा फेला परेको उनको भनाइ छ ।

मृतक ढिंकिरे सार्कीको टाउँको गहिरो चोट लागेको हुँदा रगत बढी बगेकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

आज बिहान घटनास्थल गएको प्रहरी टोलीले ढुंगाले हान्ने अम्मर सार्कीलाई नियन्त्रणमा लिएको र आवश्यक कार्बाहि पक्रिया अगाडि बढाउने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!