Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ ३१ गते, राति ३:४५ बजे
नवलपुर - NWL

नवलपरासीमा एकाबिहानै नेकपाका जिल्ला सेक्रेटरी मंगलसेन पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, नवलपरासी | नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिङ राना मगर (मंगलसेन) लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमोसो दलेको घटनाको अनुसन्धानका लागि मंगलसेनलाई पक्राउ गरिएको डिएसपी राईले बताएका छन् । 

उनलाई  देवचुली नगरपालिकामा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी नविनराज राईले बताएका छन् ।

भदौ २९ गते नवलपरासीमा नेपाल कम्युनिस्ट पार्टीनिकट नवलपरासी जिल्ला जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई भ्रष्टाचारीको आरोपमा कालोमोसो दलेको थियो ।

जनपरिषदका कार्यकर्ताले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको थियो । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको भन्दै उसले पर्चा समेत छाडेर गएको थियो ।

घिमिरेले सरकारको सेवासुविधा खाई कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायत आरोप नेकपाले लगाइएको थियो ।