Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज ०३ गते, राति ३:०६ बजे
नवलपुर - NWL

नवलपरासीमा कार पल्टिंदा एकको मृत्यु, एकको अवस्था गम्भीर

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ३, नवलपरासी । नवलपरासीको अरुणखोला जङ्गलमा सोमबार राति साढे ११ बजे कार अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १५ च ९६५६ कार अनियन्त्रित्र भई  पल्टँदा कारमा सवार कावासोती ८ बस्ने ४१ वर्षीय तुलसी पौडेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । 

त्यस्तै, कार चालक कावासोती २ का सन्तोष सुवेदी गम्भीर घाइते भएका छन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।