Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज १० गते, बिहान ११:४७ बजे
नवलपुर - NWL

नवलपरासीमा ट्रकले मोटसाइकलाई ठक्कर दिँदा एकको मृत्यु, एकजना घाइते

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १०, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ अरुणखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । 

आइतबार दिउँसो अरुखोला दुम्किबास बिच जंगलमा पूर्वबाट पश्चिमका लागि छुटेको ना ६ ख ५६०० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको लु १० प ६० ७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षका नारायण सुवेदीको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार टिकाराम सुवेदी गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।