Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज १५ गते, राति ३:५६ बजे
नवलपुर - NWL

समाजसेवी युवा त्रिपाठीद्वारा ताजिया उद्घाटन (फोटो फिचर)

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १५, नवलपरासी।। नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित खोकरपुरामा निर्माण गरिएको ताजियाको शनिबार साँझ मधेस युवा उत्थान विकास मञ्च नवलपरासीका अध्यक्ष धिरज त्रिपाठीले उद्घाटन गर्नु भएको छ। 

मुस्लिम समुदायले मनाउने मोहर्रम पर्वको अवसरमा निर्माण गरिएको ताजियाको आज उद्घाटन गरिएको हो भने आइतबारदेखि तीन दिनसम्म मेला सञ्चालन हुने ताजिया निर्माण समितिले जनाएको छ। निकै कलात्मक तरिकाले निर्माण गरिएको ताजियाको मेला हिजरी पात्रो अनुसार मोहर्रम महिनाको दश तारिखका दिन मनाउने गरिन्छ भने एक तारिखबाट मोहर्रम सुरु भएको मानिन्छ। यो अवधिमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू थकरी खेल, ढोल मिलान, मेहन्दी जुलुस लगायत कार्यक्रमहरू गर्ने गरिएको छ। ईस्लाम धर्मका संरक्षक हजरत एमाम हुसैनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। 

ताजियाको उद्घाटन गर्दै प्रमुख अतिथि मधेस युवा उत्थान विकास मञ्च नवलपरासीका अध्यक्ष धिरज त्रिपाठीले ताजिया निर्माण र यो सँग सम्बन्धित कार्यक्रमहरू मधेसको सांस्कृति सँग सम्बन्धित रहेकाले यसलाई धार्मिक तथा सामाजिक हिसाबले पनि संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो। जिल्लाको महेशपुर,गर्मी,भुजंहवा लगायतका ठाउँमा पनि ताजिया निर्माण गरिएको छ। यो पर्वले सामाजिक सद्भाव कायम गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।