Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज १७ गते, बिहान ११:५८ बजे
नवलपुर - NWL

नवलपरासीमा नदीमा डुबेर वालक बेपत्ता, अवैध हतियारसहित एक पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १७, नवलपरासी । नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् । 

विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन् । 

बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । थनेतको खोजीका लागि स्थानीयवासी र प्रहरी नारायणी नदी क्षेत्रमा जुटेका छन् । 

अवैध हतियारसहित पक्राउ 

अवैध हतियारसहित पक्राउ परेका नवलपरासी, सरावल गाउँपालिका–७ गणेशपुरका ३० वर्षीय पाण्डेमाथि थप अनुसन्धान अघि बढाएको छ । 

महेशपुरबाट पूर्व जाने बाटोस्थित झरही नदी पुल नजिकैबाट सीमा प्रहरी चौकी महेशपुरको टोलीले पाण्डेलाई सोमबार साँझ पक्राउ गरेको थियो । 

पाण्डेलाई युपी ५६ आर ३४२९ न. को मोटरसाइकल होण्डा साइनसहित पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुसन्धान जारी राखेको छ । रासस