Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज २८ गते, अपराह्न ३:५५ बजे
मकवानपुर - MKW

हेटौंडा १५ को महिला संघमा लामा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २८, हेटौंडा | नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ हेटौंडा १५ को अध्यक्षमा मिना लामा चयन हुनुभएको छ ।

नेपाल महिला संघ साविक हेटौंडा १८ की अध्यक्ष दुर्गा ढकालको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शनिवार दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा महिला संघको भेला भएको थियो ।

भेलाले उपाध्यक्षद्वयमा देवि मिश्र र दुर्गा ढकाल, सचिव लक्ष्मी तितुङ, कोषाध्यक्ष सरिता दोङ, सहसचिव तिर्थमाया तितुङलगायत २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा अथितिहरु हेटौंडा उपमहानगरपालिकाका नगर सभापति आनन्दराम पराजुली, महाधिबेशन प्रतिनिधि बमबहादुर थिङ, ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, हेटौंडा १५ का नवनिर्वाचित वडा अध्यक्ष एवं काँग्रेसका वडा सभापति महारत्न लामा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, जिल्ला सदस्य प्रमिला खतिवडा, नगर सभापति लक्ष्मी गौतम, समाजसेवी गोविन्द भ्लोन, गणेश भ्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।