Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ मंसिर ०९ गते, बिहान ६:२० बजे
नवलपुर - NWL

नवलपरासीमा उम्मेदवार चढेको गाडीमा बम विस्फोट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ९, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारको लागि हिँडेको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको छ ।

नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा बम विस्फोट गराइएको हो ।

विस्फोटबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

लामिछानेको टोली ३ वटा जिपमा पहाड उक्लिएको थियो । तीमध्ये ग १ ज ५६०० नम्बरको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको हो ।