Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष १६ गते, अपराह्न ३:०७ बजे
खोटाङ्ग - KTG

खोटाङमा रुपाकोट मझुवागढी नगरको शिक्षा नियमावली निर्माण सुरु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नगर शिक्षा नियमावली बनाउन थालेको छ । 

शिक्षा नियमावली निर्माणका लागि १५ वटा वडा रहेको नगरपालिकाले शिक्षाबिद, प्राज्ञिक, शिक्षासेबी, दलका नेता, शिक्षासँग सम्वद्ध पेशागत संगठनबाट सुझाव तथा परामर्श थालेको छ । 

हप्ता दिनसम्म चलाइने छलफल, परामर्शपछि निर्माण हुने सुझाव सहितको नगर शिक्षा नियमावलीको ड्राफ्ट नगरपालिकामा पेश हुने रुपाकोट मझुवागढी नगरपालिका सामाजिक बिकास समिति शिक्षा शाखाले जनाएको छ । छलफल, परामर्श र आवश्यक सुझाव सहित प्राप्त हुने ड्राफ्टका विषयमा पुःन शिक्षाबिद, प्राज्ञिक, शिक्षासेबी लगायतसँग छलफल र परामर्श गरेर ड्राफ्टलाई अन्तिम रुप दिइने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

प्राप्त भएको ड्राफ्टका आधारमा नगरको शैक्षिक बिकास र उन्नतीका लागि आवश्यक र सुहाउँदो तरिकाको नगर शिक्षा नियमावली निर्माण गरेर कार्यान्वयनमा ल्याइने नगरपालिकाले जनाएको छ ।