Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष २६ गते, दिउँसो १:३१ बजे
खोटाङ्ग - KTG

प्रअको हैसियतमा कामकाज नगर्न उच्च अदालत ओखलढुंगाको अन्तरिम आदेश

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/पुस २६, खोटाङ । उच्च अदालत ओखलढुंगाले खोटाङको बाक्सिलास्थित पृथ्बी उच्च माबिका प्रअ छत्रकुमार राईलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन विधालय व्यवस्थापन समितिलाई अन्तरिम आदेश जारी गरेको छ ।

बरिष्ठतालाई मिचेर प्रअ नियुक्ती गरिएको भन्दै सोही बिद्यालयका शिक्षक रणबहादुर राईले दिएको रिट निबेदन उपर मूख्य न्यायधिस टेकराज नेपाल र न्यायधिस रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बुधबार प्रअ छत्रकुमारलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको हो । 

विद्यालय प्रअकारुपमा कार्यरत जानुका राईले पुस १८ गते अनिवार्य अवकाश प्राप्त गरेपछि रिक्त पदमा बरिष्ठतालाई मिचेर छत्रकुमार राईलाई प्रअ नियुक्ती गरेको भन्दै परेको पुस १९ गते उच्च अदालतमा रिट परेको थियो ।