Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष २९ गते, बिहान ५:३९ बजे
खोटाङ्ग - KTG

खोटाङमा नदी तर्नेक्रममा बेपत्ता भएका बालक अझै भेटिएनन

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/पुस २९, खोटाङ । ट्यूव चढेर नदी तर्नेक्रममा बेपत्ता भएका बालकको अझै पत्ता लागेको छैन । 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राईको तीनदिन बित्तासमेत पत्तो नलागेको हो । छुट्टीमा साथीहरुसँग माछा मार्न दुधकोसीमा गएका किरण बिहिबारबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । 

दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा राई बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुशार उनी नदीकोबीचमा पुगेपछि ट्यूवबाट पल्टिएर बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि प्रहरीचौकी च्यास्मीटारबाट परिचालित प्रहरी र परिवार शुक्रबार साँँझ बालकको भेट्न नसकेपछि फर्किएका थिए ।

नदीको ठूलो बंगालो भएको र खोज्नलाई समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । शनिवार पनि खोजी कार्य जारी रहेको छ ।