Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १५ गते, बिहान ९:३१ बजे
खोटाङ्ग - KTG

घर जलाइदिंदा बिक दम्पतीको बिचल्ली, आशंकमा दुईजना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | माघ १५, खोटाङमा | खोटाङमा अज्ञात समुहले घर जलाईदिएपछि एक परिवार विस्थापित भएको छ । रावाबेशी गाउँपालिका–६ हौंचुरका डाकमान बिकको घरमा अज्ञात समुहले आगो लगाई दिंदा बिक दम्पतीको बिचल्ली भएको हो ।

अपरिचित समुहले शनिवार राती करीब १० बजे घरमा कोही नभएको मौका छोपेर आगो लगाईदिएको हो । घरमुली बिक रोजगारीको शिलसिलामा सिन्धुपाल्चोक र श्रीमती माईतीमा भएको बेला घरमा आगो लगाईदिएको हांैचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

बिक दम्पतीको हौचुर गिद्धेमा रहेको घर जल्दा करीब ३ लाखको क्षति भएको छ । घट्नाको आशंकमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हौंचुर डाडाँगाउका १४ वर्षिय अनिल खत्री र १५ वर्षिय बिक्रम राईलाई गिरफ्तार गरिएको रुपाकोट मझुवागढी नगरपालिका जाल्पा प्रहरी चौकीका असई बावुराम खड्काले बताउनुभयो । प्रस्ट्याई हुन सकेको छैन खड्काले भने, ‘थप सोधपुछ भईरहेको छ ।’ पिडित दम्पती छिमेकीको सहरामा बसेका छन् ।

माथिको तश्विरमा: डाकमान बिकको जलेको घर | तश्विर: यज्ञनारायण श्रेष्ठ