Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २८ गते, राति २:१७ बजे
दाङ्ग - DNG

अभियन जगतमा नयाँ अनुहार ‘अर्नभ’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । ‘तिमी त राम्री’ वोलको गीतमा अभिनय गरेर दाङ्ग तुलसीपुरका अर्नभ वस्नेत नेपाली अभिनय जगतमा प्रवेश गरेका छन् ।

सानै देखि अभिनयमा रुचि राख्ने वस्नेत लोकप्रिय गायक विजय रुम्वाको स्वर रहेको यस गीतबाट निकै आशावादी पनि छन्

‘मैले सोचे अनुसार काम गर्न नसकेपनि पहिलो प्रयास भएकाले निकै मेहेनत गरेको छुँ ।’ मोडलिङ्गलाई रहर भन्दा पनि व्यवसायका रुपमा अगाडी वढाउनुपर्ने सोच राख्ने अर्नभ पब्लिक ज्ञानज्योति उच्च मावि कक्षा १२ मा पत्रकारिता अध्ययन गरिरहेका छन् ।

अध्ययन र मोडलिङ्गलाई सँगसँगै अगाडी वढाइरहेका वस्नेतको हातमा अहिले आधा दर्जन म्युजिक भिडियोहरु रहेका छन् ।

‘पढाइलाई म्यानेज गर्दै विस्तारै मोडलिङ्गलाई पनि अगाडी वढाउनेछु ।’ परिवारबाट राम्रै साथ पाएकाले पनि यस क्षेत्रमा आफुलाई निरन्तर अगाडी वढाउने बताउनु भयो ।