Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २८ गते, बिहान ७:२८ बजे
मोरङ्ग - MRG

मोरंगमा ५०० लि घरेलु मदिरा बरामद

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २८, विराटनगर | इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ । 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ । 

प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडाबर्तन र करीव चार हजार सात लि कच्चा पदार्थ (जाँड) बरामद गरेको छ । रासस