Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २२ गते, राति १२:५० बजे
सङ्खुवासभा - SKW

खाँदवारी–किमाथाङ्क सडक दुई बर्ष भित्रमा संचालन हुन्छ: उपप्रधानमन्त्री

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

योगेन्द् जोगी/मङ्सिर २२, संखुवासभा । किमाथाङ्का नाका संचालनको विषयलाई
लिएर सरकारी टालीले सोमबार किमाथाङ्का क्षेत्रको अनुगमनमा गरेका छन ।

उपप्रधान भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिजयकुमार गच्छदार, उपप्रधान तथा उर्जा मन्त्री
तोपबहादुर रायमाझी, अर्थ मन्त्री विष्णु पौडेल लगायतको टोलीले किमाथाङ्का क्षेत्रको अवलोकन गरेका हुन्

अवलोकन पश्चात संखुवासभा सदरमुकाम खाँदबारीमा आयोजना गरिएको
कार्यक्रममा खाँदवारी–किमाथाङ्क सडक दुई बर्ष भित्रमा संचालन हुने टोलीले बताएका छन् । उक्त कार्यक्रममा
जिल्लाका राजनितीक दलहरुले संयुक्त रुपमा मागपत्र समेत नेपाल सरकारलाई बुझाएका छन् ।

मागपत्र मार्फत किमाथाङ्का–बिराटनगर सडक संचालन, सखुवासभा–भोजपुर विचको
लम्सुवाघाटको पुल निर्माण र तुम्लिङटार–चतरा सडक निर्माणको माग राखेका हुन् । नेपालमा विकासमा समेत
राजनीती हुने भएकोले कुन विकासले गति लिन नसकेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । ‘यो भन्दा अघि
हरेक क्षेत्रमा हामीले राजनिती गरेको र त्यसको उपलब्धीबाट पाठ सिकेर अघि बढनु पर्ने उनको भनाई थियो

साथै जति सक्दो चाँडो सडक निर्माको लागि बजेट अभाव हुन नदिने
प्रतिबद्धता ब्यक्त गरे । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले अघिल्लो सरकार जस्तो यस पटकको
सरकारले बोल्ने र छोड्ने काम नगर्ने भएकोले भनिएकै समय भित्र सडक निर्माण गरिने बताए ।

अघिल्लो अनुभवहरुमा ठेकेदारहरुले समयमा काम नगर्ने समस्या रहेकोमा अव बेलैमा
काम नगर्ने ठेकेदारलाई छोडेर निर्धारित समयमा काम गर्ने ठेकेदारलाई काम लगाउनु पर्ने समेतउनले बताए ।
नेपाल पुर्वाधार विकासमा निक्कै पछि परेकोले अव फाष्ट ट्रयाकबाट निर्माण गरिनुपर्ने मन्त्री रायमाझीले
बताए ।

उनले बाटो खोल्नको लागि किमाथाङका र खादबारी दुबै तर्फ
बाट सुरुवात गर्नुपर्ने उल्लेख गरे । किमाथाङ्का–बिराटनगर मोटरबाटो संचालन हुनु केहि जिल्लाको लागि
मात्र नभएर देशकै लागि अत्यन्त महत्वपुर्ण भएकोले सरकारले उच्च प्राथमिकतामा राखेको उपप्रधान तथा भौतिक
पुर्वाधार तथा यातायात मन्त्री बिजयकुमार गच्छदारले बताए ।

संखुवासभाका स्थानीयले राखेका तीन मागहरु पुर्ण रुपमा पुरा हुने प्रस्ट पारे । त्यस्तै उनले
बिराटनगर–किमाथाङ्का सडक निर्माण दुई बर्ष भित्र संचालन हुने कुरा प्रधानमन्त्रीले समेत ब्यक्त गरिसकेको
बताउदै २ बर्ष भित्रमा बिराट नगर किमाथाङका जोडिनु पर्नेमा जोड दिनु दिए ।