Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत ०१ गते, बिहान १०:५७ बजे
डोटी - DT

डोटीको एक पसलमा आगलागि हुदा ठूलो मात्रामा धनमालको क्षति

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डोटी, १ चैत | डोटीको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीको जुनिचौतारामा एक पसलमा आगलागि हुँदा ठूलो क्षति भएको छ । 

स्थानीय मानबहादुर मौनीको पसलमा बिहिबार दिउँसो करिब १ बजे आगलागि हुँदा पसलमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।

 पसलमा रहेका किरानाका सामान जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय शिक्षक प्रकाश मौनीले बताए । सोही घरमा बस्दै आएका एक सुन व्यापारीको समेत क्षति भएको बताईएको छ । स्थानीयले खरबारीमा आगो लगाउँदै गर्दा आगोको झिल्का आएर क्षति भएको बताइएको छ ।