Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत ३० गते, बिहान १०:४३ बजे
मोरङ्ग - MRG

मोरङमा वर्षाले ३५ करोड बराबरको इँटा क्षति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३० विराटनगर | केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ । 

वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुगेको बताउनुभयो । 

आनन्द इँटा उद्योग मोरङका सञ्चालक दिलीप वगडियाले वर्षाका कारण आफ्ना छ वटा इँटा उद्योगमा रु १० करोडभन्दा बढी क्षति पुगेको बताउनुभयो । सुनसरी र मोरङमा हाल ५३ वटा इँटा भट्टा सञ्चालनमा छन् । रासस