Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख २३ गते, बिहान ७:०३ बजे
बझाङ्ग - BJN

बझाङमा खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सम्राट सिंह/वैशाख २३ बझाङ | बझाङमा शनिबार आएको अविरल बर्षाका कारण आएको खहरे खोलाले बगाउँदा  ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थलारा गाउँपालिका ४ का ३० वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि विक, बर्ष ३५ की कलसा विक, बर्ष १२ की मनिसा विक र बर्ष ३ को सक्षम विक  रहेका छन् । 

स्थानिय बजार ढोड्याखेतबाट घर फर्कने क्रममा गाँउको बिचमा भएर बग्ने बुको खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खहरे खोलाले बगाएका ५ जना सबैको शव फेला परेको छ । केहि दिन यता बझाङ जिल्लामा लगातार आएको असिना तथा अविरल बर्षाका कारण बालीनालीको नष्ट भइ भोकमरी हुने सम्भावना बढेको छ ।