Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असार १० गते, राति २:३५ बजे
पर्बत - PBT

पर्वतको नमुना माबिका सबै बिद्यार्थी ए प्लसमा उर्तिण, मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत /यस बर्षको एसइइ परिक्षामा सहभागी सबै बिद्यार्थी ए प्लस मा उर्तिण गराएको पर्वतको नमुना आवासिय माबि कुस्माले मुलुककै उत्कृष्ट बिद्यालय भएको छ ।

बिद्यालयबाट यस बर्ष एसइइमा सहभागी ४२ जना बिद्यार्थी नै ए प्लसमा उर्तिण भएका कारण मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी बिद्यालयले गरेको हो ।

एउटै बिद्यालयका ४० भन्दा बढी बिद्यार्थी परिक्षामा सहभागी हुने र सबै ए प्लसमा उर्तिण हुने बिद्यालय भएकाले उत्कृष्ट भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताए । ‘यस्तो उत्कृष्ट नतिजा कमै बिद्यालयको आउँछ’ उनले भने ‘हामीले मुलुकमै उत्कृष्ट नतिजा ल्याएका छौ’

नमुना आवासिय माबिका ४२ बिद्यार्थी मध्ये ३.९५ जिपीएमा ५ जना , ३.९० जिपीए ६ जना, ३.८५ जिपीएमा ९ जना, ३.८० जिपीएमा १२ जना , ३.७५ जिपीएमा ५ जना, ३.७० जिपीएमा ५ जना उर्तिण भएका छन ।

यस बिद्यालय यस अघि पनि प्रदेश नं ४ को उत्कृष्ट निजी बिद्यालयको रुपमा पुरस्कृत भएको थियो ।