Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन ०३ गते, बिहान ४:०८ बजे
पर्बत - PBT

कालीगण्डकीमा विद्यार्थीको विदाइ- स्याबास ! अझै धेरै प्रगति गर्नु

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत/यस बर्षको एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याएको कालीगण्डकी एकेडेमीले बिद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ ।
बिद्यालयले बुधबार एक समारोहका बिच उत्कृष्ट बिद्यार्थी, शिक्षक र बिद्यालय परिवारलाई सम्मान र बिदाई गरिएको हो ।
कालिगण्डकी एकेडेमी , कुश्माको २०७४ सालको एसइइ परिक्षामा जिपीए ४ सहित नेपाल टप गरेका अन्जली पुरी र अनिश बस्नेत सहितका उत्कृष्ट बिद्यार्थी लाई सम्मान गरेको थियो । कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्मानपत्रले बिद्यार्थीलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेल, कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, प्याब्सन गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष बिजयराज पन्त, कुस्मा नगरपालिकाका वडा अध्यक्षहरु मिना कर्माचार्य र चित्रकला शर्मा , स्रोत ब्यक्तिहरु प्रेम शर्मा सुबेदी र शुभन्तनाथ सुबेदी, उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु अञ्जली पुरी र अनिश बस्नेत र कक्षा १० का बिद्यार्थी कुशल जोशी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । एसइइ परिक्षामा जिपीए ३.९५ सहित ३ जना सहित सहभागी ३२ बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका थिए ।

यसैगरी जापान रेडक्रसको निमन्त्रणामा युवा बिनिमय कार्यक्रम अन्र्तगत नेपालभरबाट सहभागी हुने सोही बिद्यालयकी १० कक्षाकी बिद्यार्थी रिया क्षेत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता बिद्यालयका संस्थापक÷प्रिन्सीपल बसन्त कर्माचार्य र सह प्राचार्य गोबिन्द पौडेल र शिक्षक कृष्ण पाठक लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।