Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०४ गते, दिउँसो १:२० बजे
समाज

राष्ट्रियता जोगाउन नयाँ सहमति चाहियो: एकराज भण्डारी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस ४, सल्यान । जनअधिकार अभियान नेपालका केन्द्रिय अध्यक्ष एकराज भण्डारीले अवको राजनीतिक निकासका लागि नयाँ ढंगबाट राजनीतिक सहमति गर्नुपर्ने बताएका छन । पुर्व सभाषद तथा अधिवक्ता समेत रहेका भण्डारीले सबैको सहमतिबाट राष्ट्रियताको आन्दोलन गर्नसके देशले सहि निकास पाउने बताएका छन ।

उज्यालो संचार केन्द्रद्वारा संचालित रेडियो तहल्काले गरेको सवाल जनअपेक्षा, वर्तमान परिस्थिती र अवको निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर संविधान सभामा सहभागि केहि दलले जारि गरेको संविधान र संविधान सभाको विरोधी माओवादीले जारी गरेको प्रस्तावित संविधानका विचमा कुनै न कुनै तवरले छलफल हुने त्यसले नै देशलाई निकास दिने बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य अनुवम सिंह श्रेष्ठले यतिबेला आफुहरु आफ्ना केहि कुरालाई थाँति राखि सरकारमा सहभागि भएको बताएका थिए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा माओवादी का केन्द्रिय सदस्य मोहलाल चन्द आधारले आफुहरु बन्दुक नबोक्ने तर जवरजस्ति मान्छे मार्दै संविधान लाद्न खोजे त्यसको प्रतिवाद जनता आफैले गर्ने बताएका थिए । कार्यक्रममा नेपाली कागे्रशका सभापती गणेश चन्द, नेकपा एमाले सल्यानका उपाध्यक्ष गोविन्द पुन , ए ने.क.पा माओवादी सचिव निम बहादुर के.सी, ने.क.पा क्रान्तिकारी माओवादी सहसंयोजक जित बहाुर पुन ,राप्रपा का सचिव दुर्गा सिंह रावत, ने.क.पा माओवादीका सेक्रटरी डिल्ली राज शर्मा, राष्टिय जनामुक्ति पार्टीका अध्यक्ष खड्ग बहादुर पुन लगाएत ३५ बढी सर्बसाधारणले बर्तमान राजनीतिक परिस्थिती र अवको निकासका विषयमा अन्तरक्रिया गरेका थिए ।