Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज ०२ गते, राति ३:२६ बजे
पर्बत - PBT

नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको तयारी तिब्र, जेसीजमय बन्दै पर्वतको कुश्मा बजार

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ ।

कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।

आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले  सहारापाटीसँग भने ।

आर्थिक संयोजकका रुपमा रहेका विषम कुमार श्रेष्ठले झण्डै ३० लाख ५० खर्च लाग्ने अनुमान गरिएको बताए । उनले सोही बराबरको आय पनि हुने अपेक्षा जेसीजले लिएको बताए । सहभागीहरुको रजिष्ट्रेशनबाट ९ लाख ९० हजार, प्रायोजकबाट १० लाख, नेपाल जेसीजबाट सहयोग १ लाख, स्मारिका विज्ञापनबाट ३ लाख, संघसंस्थाहरुबाट सौजन्य २.५ लाख र आन्तरीक आयबाछ ३.६५ लाख उठ्ने विश्वास लिएको बताए ।

 क्लबले सो सम्मेलनमा प्रकरण गोष्ठी, वक्तृत्वकला प्रतियोगिता, स्थानीय कलाकाहरुबाट विविध सांस्कृतिक कार्यक्रम, जिल्लास्थित पर्यटकीय तथा धार्मिक स्थानको दश्यावलोकन, जिल्लाको पहिचान झल्कने झाँकी सहितको शान्ति पदयात्रा,नेर्ततव तथा व्यक्तित्व विकास तालिमहरु, नेपाल जेसीज क्षेत्र ख का शाखाध्यक्षहरुको साधारण सभा तथा बैठक, जिल्लामा उत्पादित बस्तुहरुको स्टल रहने जनाएको छ ।