Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज २५ गते, बिहान ८:०० बजे
दाङ्ग - DNG

दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमती गम्भीर घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, दाङ । दाङमा बस र मोटरसाइकल एकआपासमा ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् ।

बिहीबार बिहान दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा ग १ ख ७७०३ नम्बरको बस र रा २ प २८६९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३९ बर्षीय प्रकास केसी र उनकी श्रीमती ३६ बर्षीय सुनिता केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनीहरुको दुबैको खुट्टाको हड्डी फ्याक्चर भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी रहेको समेत उनले बताए ।