Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ कार्तिक २६ गते, राति ३:०५ बजे
पर्बत - PBT

पर्वतमा दशै तिहारमा मात्रै २ सय ८१ सवारीलाई कार्बाही, २ लाख राजश्व

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाहीमा परेका हुन् । जसबाट  २ लाख २९ हजार राजश्व समेत संकलन भएको छ ।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ चालकलाई कार्बाही गरेको छ । जसमध्ये बेनीदेखि विरगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ७०३० नम्बरको यात्रुवहाक बसका चालक दलबहादुर पन्तलाई सार्वजनिक मुद्धा समेत दायर गरेको हो । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा वस अनियन्त्रित हुन गई सोही बसमा सवार बागलुङ नगरपालिका १० की २३ बर्षिय गिता परियार वसबाट खसेर घाइते भएकी थिइन् । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएपछि कार्बाहीका लागि मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

कार्बाही मध्ये प्रहरीले बढी भाडा लिएको भन्दै ७ र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै ४० सवारीलाई कार्बाही गरेको छ भने अन्य २ सय २५ सवारीलाई विभिन्न कसुरमा कार्बाही गरेको जनाएको छ ।