Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर २१ गते, बिहान ८:४३ बजे
रुपन्देही - RPD

संसदीय मामिला पत्रकार समाज, प्रदेश नं ५ मा घिमिरे

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २१, बुटवल | संसदीय मामिला पत्रकार समाज प्रदेश नं ५ को आज बुटलवमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

अधिवेशनले उपाध्यक्षमा पत्रकार अमृता अनमोल, महासचिवमा सिपी खनाल, सचिवमा ओमप्रकास पङ्गेनी र कोषाध्यक्षमा लक्ष्मण पोखरेललाई चयन गरेको हो । 

यसैगरी सदस्यमा टीआर शर्मा, मिलन गाहा, विनोद परियार, केशव भण्डारी, प्रकाश खनाल, विकास पराजुली, प्रकाश आचार्य, अस्मिना पाण्डे, दीपक घिमिरे र सरिना मरासिनी रहनुभएको छ । 

अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले संसदीय बिटको समाचार लेखन र रिपोर्टिङका लागि पत्रकारलाई सक्षम बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

समाजका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार यमलाल खनाल, पत्रकार प्रदीप आचार्य लगायतले संसदीय बिट मोफसलका पत्रकारका लागि नौलो भएकाले समाजले संसदीय रिपोर्टिङका लागि सहज वातावरण बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।