Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०८ गते, राति २:४८ बजे
दाङ्ग - DNG

रोटरी क्लवको अन्तक्र्रिया सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ८, दाङ । रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजनामा मंगलबार तुलसीपुरमा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर सिटीका अध्यक्ष ललितबहादुर घर्तीको अध्यक्षता एवं रोटरी डिष्ट्रिक ३२९२ का प्रमुख तालिम संयोजक सन्तोष रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कुनै पनि संस्था वा क्षेत्रको नेतृत्व लिनका लागि आफूमा नेतृत्वदायी भुमिका आवश्यक पर्ने बताएका थिए ।

उनीहरुले समाजमा स्थापित रोटरी क्लवले दाङमा समाज सेवालाई अझ अगाडि बढाउनुपर्ने आंैल्याएका थिए । कार्यक्रममा तुलसीपुर सिटीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु अनुपकुमार श्रेष्ठ, विमल रिजाल, कुशल तर्ताल, विजय केसी, रोटरी क्लव अफ घोराही सिटीका अध्यक्ष संकल्प श्रेष्ठ, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, रोट्रयाक्ट क्लवका अध्यक्ष देवेन्द्र केसीलगायतले बोल्नुभएको थियो ।रोटरी क्लव अफ तुलसीपुर सिटीका भावी अध्यक्ष विरु रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव राजेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो ।