Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ पुष ०२ गते, दिउँसो २:५६ बजे
दाङ्ग - DNG

दाङमा १ महीनादेखि सम्पर्कविहीन भएका युवकको शव जङ्गलमा फेला

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २, घोराही | एक महीनादेखि सम्पर्कविहीन रहेका घोराही उपमहानगरपालिका—१३ का १७ वर्षीय सुबास पुनको शव फेला परेको छ । 

गत कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको आज घोराही—१९ को हरिकिसे जङ्गलको भिरमा शव फेला परेको हो । स्थानीय महिला दाउरा सङ्कलनका लागि जङ्गल गएको समयमा शव देखेपछि खबर गरेका थिए । 

मृतकका भिनाजु विवेक गुरुङले कपडामार्फत पहिचान गरेको बताइएको छ । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ल्याइएको छ । मृतकको शरीर सबै गलेको अवस्थामा रहेको छ । उनीसँगै स्वर्गद्वारी गएका अन्य नौ जना घर फर्किएपछि उनको खोजी शुरु गरिएको थियो ।