Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ पुष १७ गते, बिहान ६:२३ बजे
सप्तरी - SPT

सप्तरीमा विभत्स हत्या गरिएको अवस्थामा महिलाको शव फेला

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १६, राजविराज । सप्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । पुस १२ गतेदेखि बेपत्ता सप्तकोसी नगरपालिका–१० की २६ वर्षीया पदिकी शेर्पाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हत्या आरोपमा प्रहरीले स्थानीय ३७ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको छ ।

स्थानीय रमेश श्रेष्ठकी श्रीमती शेर्पालाई ढुंगा तथा खुकुरीले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण अभियुक्त तामाङले कर्तव्य गरी हत्या गरेको खुल्न आएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।