Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ ११ गते, बिहान ५:२१ बजे
दाङ्ग - DNG

दुर्घटनामा घाइते पत्रकारलाई राहत

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, दाङ | नेपाल पत्रकार महासङ्घ दाङ शाखाको बैठकले दुर्घटनामा परी घाइते हुनुभएका कार्यसमिति सदस्य प्रेमविवश घर्ती र साधारण सदस्य अमर क्षितिज भण्डारीलाई रु पाँच-पाँच हजार राहत प्रदान गर्ने निर्णय गरेको छ । 

यस्तै पत्रकार विकास डाँगीको आमाको उपचारका लागि रु १० हजार सहयोग गर्ने निर्णय गरेको छ । बैठकले पत्रकार डाँगीको आमाको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग गरिदिन सबैलाई आह्वानसमेत गरेको छ । 

पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घको संस्थागत विकासका लागि विनियोजन गरेको बजेट पत्रकार महासङ्घको भवनको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरेको छ । 

लामो समय पत्रकारिता क्षेत्रको विकासका लागि क्रियाशील रहेर नेपाल पत्रकार महासङ्घ दाङ शाखाका संस्थापक सदस्यसमेत रहनुभएका टीकाराम रेग्मीले दिनुभएको राजीनामा स्वीकृत गर्दै बैठकले विशेष सम्मानका साथ बिदाइ गर्ने निर्णयसमेत गरेको छ । रासस