Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ ११ गते, बिहान ८:२४ बजे
समाज

आफैँले जन्माएको शिशु फालेको आरोपमा एक महिला पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, लाहान | आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजार नगरपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ । 

गोलबजार नगरपालिका– ८ सिडियोटोल नजिकै रहेको आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात शिशु फेलापरेपछि अनुसन्धान गर्दा गोलबजार नगरपालिका– ११ बल्कवा निवासी २८ वर्षीया पिङ्की सदायले नै फालेको पुष्ठी भएकाले उनलाई पक्राउ गरिएको सिरहा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शिशुलाई आमा पिङ्कीकै जिम्मा रहने गरी उनीविरुद्ध मुद्दा चलाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । शिशु जन्माएको १२औँ दिनमा शिशु फालेकीले आजै उनीमुद्दा सिरहा जिल्ला अदालतमा मुद्दा दायर गरी अनुसन्धानका लागि म्याद थप गराइएको छ । रासस