Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ १४ गते, राति २:४८ बजे
दाङ्ग - DNG

दाङमा पशु सुत्केरी भत्ता वितरण

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १४, लमही | दाङको तुलसीपुर उपमहानगरपालिका–१८मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो । व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुस्तेकरी पशुकोे रु ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताउनुभो । 

यसैगरी आगोलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही रु ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई रु २० हजार, जपधन बुढामगर,सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही रु १५ प्रदान गरिएको थियो ।