Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण ०३ गते, बिहान ६:०४ बजे
दाङ्ग - DNG

दाङमा चट्याङ लागेर एक वृद्धा घाइते, दुईवटा जलेर नष्ट

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३, दाङ । दाङमा चट्याङ लागेर एक वृद्धा घाइते भएकी छन् छ । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी ७० वर्षीया मोती विक चट्याङ लागेर घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । 

शुक्रबार राति करिब ३ बजेको समयमा परेको चट्याङले दुईवटा घरसमेत जलेर नस्ट हुँदा करिब पाँच लाख बराबरको क्षती भएको छ ।

चट्याङमा परेर घाइते भएकी विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि घोराही रिफर गरेको लमही अस्पतालले जानकारी दिएको छ ।